महासंघ महोत्तरी शाखाका सदस्य मंजित कुमार महरालाई मातृशोक
मिति :- २०८२/१०/०८ गते
नेपाल पत्रकार महासंघ महोत्तरी शाखा सदस्य मंजित कुमार महरालाई मातृशोक परेको दुखद् खबरले महासंघ महोत्तरी शाखा अत्यन्तै मर्माहत एवं स्तब्ध भएको छ । उहाँकी ६८ बर्षीया ममतामयी आमा फलकुमारी चमैनको गएराति महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
महासंघ महोत्तरी शाखा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दुखद् घडीमा महासंघ पत्रकार महरासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
राम नारायण महतो
सचिव

22nd January 2026 , 10:19 AM