मितिः २०८१/११/२१
जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका प्रहरी उपरीक्षक नकुल पोखरेलको निर्देशनमा इलाका प्रहरी कार्यालय वर्दिवासका प्रहरी निरीक्षक राजेश बर्तोलाले मिति २०८१/११/२१ गते बुधवारका दिनको करिव २ वजेको समयमा ‘द पब्लिक टुडे’ राष्ट्रिय दैनिक पत्रिका सम्बाददाता रोशन कुमार महतोलाई कार्यालयमा नोन्नाई एानसिक यातना दिने मनसायले लिएको बयानप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
रातु खोला दोहनको विषयमा जिल्ला अनुगमन समितिले गरेको अनुगमनमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ महोत्तरी शाखालाई समेत जानकारी नै नगराई गोप्य रुपमा गरिएको अनुगमन नै संदेहपूर्ण देखिएको छ। सोही अनुगमनलाई लिएर पत्रकार रोशन महतोले लेखेको सामाजिक संजाल फेसवुकमा लेखेको स्टाटस र समाचारको प्रसंग कोट्याउँदै दवाव दिएर पत्रकार आचारसंहित्ता सम्बन्धी भांडया बनाउदै लिएको वयान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको र पत्रकारहरुको अवाज दवाउने क्रियाकलाप भएको ठहर महासंघको रहेको छ ।
प्रकाशित समाचार जन्य सामाग्रीप्रति प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्ने प्रचलित अभ्यास विपरित पत्रकारलाई प्रहरीले गरेको यसप्रकारको कार्यलाई सच्चयाउन महासंघ जोडदार माग गर्दछ। साथै महासघ पत्रकारिता पेशालाई सम्मान गर्दै पत्रकारलाई निर्भयताका साथ पेशामा लाग्ने वातावरण निर्माण गर्दै आग्रह गर्दछ।
राम नारायण महतो
सचिव

5th March 2025 , 8:03 PM