महासंघ महोत्तरी शाखाका सदस्य राधाकृष्ण शर्मालाई पितृशोक

मिति २०८१/११/०८ गते

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य राधाकृष्ण शर्मालाई पितृशोक परेको खबरले महासंघ महोत्तरी शाखा स्तब्ध भएको छ । उहाँका ६५ वर्षीय पूज्य पिता चण्डेश्वर शर्मा ठाकुरको फागुन ८ गते निधन भएको हो । स्वर्गीय चण्डेश्वर शर्मा ठाकुर घाँटीको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखा स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका महासंघका सदस्य राधाकृष्ण शर्मासहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

राम नारायण महतो
सचिव