शोक विज्ञप्ती
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य तथा अग्रज पत्रकार वैद्यनाथ चौधरीको असमायिक निधन भएको दुःखद खबरले महासंघ महोत्तरी शाखा स्तब्ध र अत्यन्त मर्माहत भएको छ। महोत्तरीको पिपरा गाउँपालिका–७ बनौली निवासी उहाँको मिति २०८२ माघ २५ गते आईतवार बिहान ६७ बर्षको उमेरमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाबाट २०६१ सालमा सदस्यता प्राप्त गरि जिल्लामा पत्रकारिताको विकास, पेशागत हकहितको संरक्षण तथा निष्पक्ष र उत्तरदायी पत्रकारिताको प्रवद्र्धनमा उहाँले पु¥याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ । राष्ट्रिय तथा स्थानीय संचार गृहमा सक्रिय पत्रकारिता गर्नुभएको उहाँको निष्ठा, इमान्दारिता र व्यावसायिक प्रतिबद्धता हामी सबैका लागि प्रेरणाको स्रोत हो । उहाँको निधनसँगै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले एक अनुभवी, समर्पित र कर्मठ पत्रकार गुमाएको छ । उहाँको निधनले महासंघ तथा समग्र पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति पुगेको र उहाँको अभाव सधैं खट्कि रहनेछ ।
महासंघ महोत्तरी शाखा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्दै आज मिति २०८२ माघ २५ गते महासंघ महोत्तरी शाखाको कार्यालय बन्द रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
……………………
राम नारायण महतो
सचिव

8th February 2026 , 12:05 PM